इंग्लिस प्रिमियर लिगमा उल्भरल्याम्टन र एभर्टनको जित

188
  •  
  •  
  •  

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा उल्भरल्याम्टन र एभर्टनले जित निकालेका छन् ।

सोमबारराति भएको खेलमा उल्भ्सले क्रिस्टल प्यालेसलाई दुई शुन्यले हराएको हो । खेलको ४१ औं मिनेटमा उल्भ्सका डेनियल पोडेन्सीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको उल्भ्सले दोस्रो हाफमा एक गोल थप्यो । उसका लागि जोनी कास्ट्रोले गोल गरे । त्यसपछि क्रिस्टलले पाएका मौकाको सदुपयोग गर्न नसक्दा पराजित भयो ।

जितपछि उल्भ्सले शिर्ष पाँचको संभावना कायमै राखेको छ ।

यस्तै अर्को खेलमा एभर्टनले सेफिल्ड युनाइटेडलाई एक शुन्यले हराएको छ । उसको जितमा एकमात्र गोल रिर्चालिसोनले गरेका थिए ।

यता ब्राइटोन र न्यूक्यासल विचको खेल गोलरहित बराबरीमा सकियो ।


  •  
  •  
  •