इंग्लिस प्रिमियर लिगमा लिभरपुलले ब्राइटोनलाई तीन एक गोलले हरायो

70
  •  
  •  
  •  

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले ब्राइटोनलाई हराएको छ ।  बुधबार राति द अमेरीकन एक्सप्रेस कम्युनिटी स्टेडियममा भएको खेलमा लिभरपुलले ब्राइटोनलाई तीन एक गोलले हराएको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाहले दुई गोल गरे । जारी सिजनमा एक सय अंक पुर्याएर नयाँ रेकर्ड बनाउने लक्ष्यमा रहेको लिभरपुलका लागि खेलको छैटौं मिनेटमा सलाहले केइटाको पासमा पहिलो गोल गरे ।

त्यसको दुई मिनेटमा सलाहको पासमा जोर्डन हेन्डर्सेनले लिभरपुको अग्रता दुई शुन्यमा पुर्याए । दुई गोलले पछि परेको ब्राइटोनले ४५ औं मिनेटमा गोल गर्दै अन्तर कम गरेको थियो । उसका लागि लियनार्दो ट्रोसार्डले गोल गरे ।

पहिलो हाफमा दुई एकले अगाडी रहेको लिभरपुलले ७६ औं मिनेटमा तेस्रो गोल गर्यो । यसपटक फेरी रोबेर्टसनको पासमा सलाहले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । जितपछि लिभरपुलले ३४ खेलमा ९२ अंक बनाएको छ ।


  •  
  •  
  •