इंग्लिस प्रिमियर लिगः लिभरपुल उपाधिको निकै नजिक

46
  •  
  •  
  •  

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि ४–० को फराकिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले खेलको सुरुवातदेखि नै प्यालेसमाथि दबाब बनाएको थियो । जसमा उसले २३ औं मिनेटमा नै अग्रता लियो । ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्यो । मिडफिल्डर फाबिन्होको पासमा मोहमद सलाहले गोल गरे । जारी सिजनमा।सलाहको घरेलु मैदानमा १५ औं गोल हो ।

खेलको पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो । ५५ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुलको अन्तर तीन शुन्यमा पुर्याए ।

६९ औं मिनेटमा लिभरपुलले चौथो गोल थप्यो । यसपटक सलाहले दिएको पासमा मानेले वन भर्सेस वनको स्थितिमा गोल गरे । यो जितपछि लिभरपुल उपाधिको निकै नजिक पुगेको छ ।


  •  
  •  
  •