इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीलाई

72
  •  
  •  
  •  

काठमाडौं, २९ वैशाख(ओएनएस) : इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ ।

प्रमियर लिग अन्तर्गत सिजनको अन्तिम खेलमा ब्राइटन एण्ड होभ अल्वियोनलाई ४–१ ले पराजित गर्दै म्यान्चेष्टर सिटीले उपाधि जितेको हो ।

ब्राइटनको मैदानमा भएको खेलमा ग्लेन मुर्रेले २७ औं मिनेटमा गोल गरेसँगै ब्राइटनलाई अग्रता दिलाएका थिए ।

तर त्यसको एक मिनेट वित्न नपाउँदै सर्जियो एग्युरोले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।

खेलको ३८ औं मिनेटमा एमेरिक लापोर्तेले गोल गर्दै म्यान्चेष्ट सिटीलाई अग्रता दिलाए ।
पहिलो हाफमा सिटीले २–१ को अग्रता कायम राखेको थियो । ६३ औं मिनेटमा रियाद मेहरेज र इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई ४–१ को जित दिलाएका थिए ।

उपाधि होडमा रहेको लिभरपुलले पनि अन्तिम खेलमा जित हात पारेपनि एक अंकले पछि रह्यो । अन्तिम खेलमा लिभरपुलले उल्भरह्याम्टन वान्डरर्सलाई २–० ले हरायो ।
लिगमा म्यान्चेष्टर सिटीले ९८ अंक बनायो । यस्तै लिभरपुलले भने ९७ अंक जोड्यो ।


  •  
  •  
  •