म्यानचेस्टर सिटीले टोटनह्यामलाई ३-० ले हरायो

82
  •  
  •  
  •  


एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले टोटनह्याम हटस्परलाई ३–० गोलले हराएको छ ।

शनिबार राति भएको खेलमा नवौँ स्थानमा रहेको टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटीले ५३ अङ्क बनाएको छ । यस्तै गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको लिसेस्टर सिटीले लिभरपुललाई ३–१ गोलले पराजित गरेको छ । लिसेस्टरले आफ्नो अङ्क सुधार गर्दै ४६ अङ्क बनाएको छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा १६ औँ स्थानमा रहेको बर्नलीले १३ औँ स्थानमा रहेको क्रिष्टल प्यालेसलाई ३–० गोलले पराजित गरेको छ । जितसँगै बर्नलीको २६ अङ्क भएको छ ।


  •  
  •  
  •