म्यानचेस्टर सिटीद्वारा वर्नले ५-० ले पराजित

93
  •  
  •  
  •  

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वर्नलेमाथि ५–० को फराकिलो जित निकालेको छ ।

शनिबारराति भएको खेलमा उसका स्ट्राइकर रियाद मेहेरेजले ह्याट्रिक पूरा गरे । मेहेरेजले सिटीका लागि पहिलो ह्याट्रिक गरेका हुन् । यसअघि सन् २०१५ मा लेस्टरले लिग जित्दा उनले स्वान्सी सिटीबिरुद्ध गोल गरेका थिए ।

सिटीलाई सिजनको चौथो जित दिलाउने क्रममा मेहेरेजले खेलको छैटौं, २२ औं र ६९ औं मिनेटमा गोल गरेका हुन् । बेन्जामिन मेन्डी र फरान टोरेसले १-१ गोल थपे ।

अर्कोतर्फ यसै सिजन प्रिमियर लिगमा बढुवा भएको लिड्स युनाइटेडले पुनः एकपटक शानदार प्रदर्शनलाई जारी राखेको छ ।

राफिन्हाले खेलको अन्त्यतिर लामो दूरीबाट गोल गरेपछि लिड्सले एभर्टनलाई पराजित गरेको हो । ब्राजिलियन मिडफल्डर राफिन्हाले २० यार्डबाट गरेको प्रहार आकर्षक गोलमा परिणत भएको थियो ।


  •  
  •  
  •