इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको लगातार तेस्रो जित

97
  •  
  •  
  •  

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार तेस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभपुरलले आर्सनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलले शुरुवाती अग्रता बनाएपनि जोगाउन सकेन । खेलको २५ औं मिनेटमा एलेक्जेन्डर लाकाजेटीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, साडियो मानेले २८ औं मिनेटमा बराबरी गोल गरेपछि लिभरपुल खेलमा फर्किएका थियो ।

एन्ड्रयु रोबट्सनले ३४ औं मिनेटमा गोल गरेपछि घरोली टोली लिभरपुल २–१ ले अघि बढेको थियो । ८८ औं मिनेटमा डियोगा जोटोले गोल गरेपछि लिभरपुल ३–१ को जीत निकाल्न सफल भयो ।

यस्तै अर्को खेलमा एस्टोन भिल्लाले फुलह्याममाथि ३(० गोल अन्तरको जित निकालेको छ ।


  •  
  •  
  •