स्कटल्याण्डविरुद्ध इङ्ल्याण्डको फराकिलो जीत

152
  •  
  •  
  •  

englandकाठमाडौ, ११ फागुन(ओएनएस) :  विश्वकपको जारी प्रतियोगिता अन्तरगत आज भएको खेलमा इङल्याण्डले पहिलो जीत दर्ता गरेको छ । आज भएको स्कटल्याण्डविरूद्धको खेलमा इङल्याण्ड १ सय १९ रनले विजयी भएको हो ।

क्राइष्टचर्चको हग्ले ओभलमा भएको खेलमा ३ सय ४ रनको विशाल विजय लक्ष्य पछ्याएको स्कटल्याण्डको टोलीले ४२ ओभर २ बलमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ८४ रन मात्र जोड्न सफल भएपछि इङल्याण्ड १ सय १९ रनले विजयी भएको हो । स्कटल्याण्डका लागि प्रारम्भीक ब्याटस्म्यान कायल कोटजरले सर्वाधिक ७१ रन जोडेका थिए भने कप्तान प्रेस्टोन मोम्सेनले २६ रन, म्याथु क्रसले २३ रन र मजिद हकले १५ रन जोड्नु बाहेक अन्य ब्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

इङल्याण्डका लागि स्टेभन फिनले ३ विकेट लिएका थिए भने जेम्स एण्डरसन, क्रिस वक्स र मोइन अलीले समान २-२ विकेट लिएका थिए । यस्तै, जोय रूटले १ विकेट हात पारेका थिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको इङ्ल्याण्डले मोइन अलीको शतकीय पारीको मद्धतले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर ३ सय ३ रन जोडेको थियो । प्रारम्भिक ब्याटस्म्यान मोइन अलीले १ सय २८ रनको पारी खेलेपछि इङल्याण्डको उक्त योगफल तयार हुन सकेको हो । यस्तै, इयान बेलले मोइन अलीसँग पहिलो विकेटका लागि १ सय ७२ रनको साझेदारी गर्ने क्रममा ५४ रन जोडेका थिए भने कप्तान इयान मोर्गानले ४६ रन र जोस बटलरले २४ रनको योगफल तयार गरेका थिए । स्कटल्याण्डका तर्फबाट जोस डाभेले ४ विकेट हात पारे भने इयान वार्डल, अलास्डेर इभान्स, मजिद हक र रिची बेरिङ्गटनले समान १-१ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच मोइन अली घोषित भए ।


  •  
  •  
  •