भारतले सकेन इङ्ल्याण्डलाई, २ सय २६ रनले पराजित

247
  •  
  •  
  •  

engend celebrates victoryकाठमाडौ, १५ साउन (एजेन्सी)। भारतविरूद्धको तेस्रो टेस्टमा इङ्ल्याण्ड २ सय २६ रनले विजयी भएको छ । अन्तिम दिनको खेलमा भारत १ सय ७८ रनमा समेटिएपछि इङ्ल्याण्ड विजयी भएको हो ।

साउथम्पटनमा दी रोज बोउल स्टेडियममा सम्पन्न तेस्रो टेष्टमा भारतको दोस्रो इनिङ धरासायी पार्ने क्रममा मोइन अलिले ६ विकेट लिएका थिए । मोइन अली चम्किएपछि इङल्याण्डले ३ टेष्टमा बराबरी गरेको छ । १ सय १२ रन ४ विकेटको अवस्थाबाट पाँचौ दिनको खेल सुरू गरेको भारतले आफ्ना बाँकी ६ विकेट गुमाउँदा मात्र सय रन ६६ मात्र जोड्न सफल भयो । भारतका लागि अजिक्के  रहानेले सर्वाधिक  अविजित ५२ रनको योगदान गरेका थिए ।

गत २७ जुलाईबाट सुरू भएको खेलमा इङ्ल्याण्डले ब्याटिङ गर्दै ५ सय ६९ रन जोड्दा ७ विकेट गुमाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । इङल्याण्डलाई उक्त स्कोरमा पुर्याउनका लागि इयान बेल र ग्यारी ब्यालेन्सले शतकीय इनिङ खेलेका थिए । बेलले १ सय ६७ र ब्यालेन्सले १ सय ५६ रन जोडेका थिए ।

पहिलो इनिङमा भारतले आफ्ना सबै विकेट गुमाउनुअघि मात्र ३ सय ३० रन जोड्न सक्यो । भारतको इनिङमा अजिक्के रहानेले ५४ र कप्तान महेन्द्र सिंह धोनीले ५० रन जोड्नुभन्दा अन्य ब्याटस्म्यानले अर्धशतकीय पारी समेत खेल्न सकेनन् भने भारतको इनिङ धरासायी पार्नकालागि जेम्स एण्डरसनले ५ विकेट लिएका थिए ।

पहिलो इनिङमा २ सय ३९ रनले अघि रहेको इङल्याण्डले दोस्रो इनिङमा २ सय ५ रनमा इनिङ समाप्तिको घोषणा गरेको थियो । उसले उक्त रन जोड्नकालागि ४ विकेट खर्चेको थियो । यता दोस्रो इनिङमा ४ सय ४४ रनको विजय लक्ष्य पछ्याएको भारत मात्र १ सय ७८ रनमा समेटियो र खेलमा २ सय २६ रनको पराजय बेहोर्यो ।

भारतको पराजयसँगै टेष्ट श्रृखंलामा १-१को बराबरी भएको छ । पहिलो टेष्ट बराबरीमा रोकिएको थियो भने दोस्रो टेष्टमा भारतले इङल्याण्डलाई ९५ रनले पराजित गरेको थियो ।


  •  
  •  
  •