नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर घुससहित पक्राउ

154
  •  
  •  
  •  

बाँके, २४ पुस(ओएनएस) : अख्तियार अनुसन्धान आयोगको टोलीले शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर श्यामकाजी पियालाई घुससहित पक्राउ गरेको छ । आयोगको सम्पर्क कार्यालय कोहलपुरबाट खटिएको टोलीले पियालाई ८० हजार घूस लिएको आरोपमा पक्राउ गरेको हो ।

उनले कुर्मी टोलदेखि चमार टोलसम्मको बाटो ढलान गर्नका लागि ८ लाखको योजना परेपछि पियाले उपभोक्ता समितिसँग बिल भर्पाइका लागि घुस मागेको बताइएको छ । उनी नेपालगञ्ज उपमहानगरपालिकाका प्राविधिक शाखाका प्रमुख हुन् ।

उनलाई घुस लिएको केहीबेरमा पुगेको अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । दराजमा घुस लिएको रकम भेटिएको आयोगको भनाई छ ।


  •  
  •  
  •