विप्लव माओवादीले गाड्यो उर्जा सचिवको घरमा कालो झण्डा

230
  •  
  •  
  •  

काठमाडौं, ८ बैशाख (ओएनएस) : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले उर्जा सचिव राजेन्द्र किशोर क्षेत्रीको घरमा कालो झण्डा गाडेका छन् ।

नारा जुलुससहित पुगेको कार्यकर्ताले जलविद्युत सम्झौतामा ‘राष्ट्रघात’ गरेको भन्दै क्षेत्रीको कंलकीस्थित निवासमा कालो झण्डा गाडेका हुन् ।

कालो झण्डा गाड्नुअघि माओवादीका कार्यकर्ताले जुलुस निकालेका थिए भने झण्डा गाडेपछि कर्णाली लगायत जलविद्युत अयोजना सम्झौता गर्दा क्षेत्री पनि हस्ताक्षर गरेको भन्दै केहि बेर भाषण गरेका थिए । भाषण गरेर माओवादी कार्यकर्ता हिडेपछि प्रहरीले उक्त्त झण्डा हटाएका थियो ।

यसअघि माओवादीले लागानी बोर्डका प्रमुख कार्यकारी अधृकित राधेश पन्तको घरमा पनि कालो झण्डा गाडेका थिए । त्यसक्रममा दुई दर्जन माओवादी कार्यकर्ता पक्राउ परेका थिए ।


  •  
  •  
  •