उर्जा संकट निवारण कार्ययोजना कार्यान्वयन गर्न समिति गठन

548
  •  
  •  
  •  

काठमाडौँ, १ चैत्र(ओएनएस) : उर्जा मन्त्रालयले उर्जा संकट निवारण तथा विद्युत विकास सम्बन्धी कार्यायोजना २०७२ को कार्यान्वयन गर्नका लागि कार्यान्वयन समिति गठन गरेको छ ।

उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले समिति गठन मन्त्रीस्तरको निर्णय भएको बताएका छन् । उर्जा मन्त्रालयका सह-सचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा ८ सदस्यीय कार्यान्वयन समितिको गठन गरिएको उनले बताए ।

समितिका सदस्यहरूमा उर्जा मन्त्रालयका सहसचिव कोशल चन्द्र सुवेदी, विद्युत विकास विभागका उपमहानिर्देशक नविनराज सिंह,उर्जा मन्त्रालयका उपसचिव प्रल्हाद प्रसाद सापकोटा, उर्जा मन्त्रालयका सिडिई श्याम किशओर यादव, उर्जा मन्त्रालयका सिडिई चतुर बहादुर श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र उर्जा मन्त्रालयका सिडिईजि गोकर्णराज पन्थ रहेका छन् ।


  •  
  •  
  •