गहना बचेर विद्युत आयोजना बनाऔं : ऊर्जामन्त्री

97
  •  
  •  
  •  

काठमाडौ, ११ भदाै : उर्जामन्त्री राधा ज्ञावालीले महिलाहरुलाई आफ्नो गर–गहना राखेर मुलुकको ऊर्जा संकट समाधानको लागि उर्जा क्षेत्रको विकासमा लगानी गर्न आह्वान गरेकी छिन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको तिज विशेष साक्षात्कारमा उनले तिजलाई भड्किलो बनाउन धेरै खर्च गर्ने र गहनाको प्रर्दशनी गर्नु भन्दा त्यसलाई महिलाहरुले शहकारी मार्फत लगानी गरेर जलविद्युतको विकास गर्नु पर्ने धारणा राखिन् ।

मन्त्री ज्ञवालीले महिलाहरु सस्कृति, परम्परा जोगाउने नाममा धार्मिक जालोमा परेको भन्दै तिजलाई महिला अधिकार, मुलुकको विकास र समानताकोलागि प्रयोग गर्न सुझाव दिइन् । सरकार संविधान बनाउन लागि परेको उल्लेख गर्दै उनले समानुपातिक प्रतिनिधित्वको लागि तिजको अभियानमार्फत दवाव सृजना गर्नु पर्ने बताईन । महिला बालवालिका तथा समाज कल्याण मन्त्री निलम केसीले तिजलाई मोजमस्ती गर्ने भन्दा पनि समाज परिवर्तनको लागि प्रयोग गर्न सुझाव दिँदै तिजमा खर्च गर्ने रकम बाढी पहिरो पीडित महिला तथा बालबालिकाको उद्दारमा खर्च गर्न आह्वान गरिन् । उनले भनिन् – तीजलाई खर्चिलो नबनाऔं । देशमा ठूलो संकट आएको छ, हामी जस्तै दिदीबहिनीहरु भोकभोकै मर्ने अवस्था छ । त्यसैले हामीले तीजलाई विशेष रुपमा अवसरका रुपमा मनाऔं न कि विकृतिका रुपमा ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सिता गुरुङले तिजलाई रमाईलो मात्र भन्दा पनि महिला मैत्रि संविधान निर्माणको अभियानको रुपमा प्रयोग गर्नु पर्ने भन्दै लैङगिक समानताका लागि लड्न आह्वान गरिन् । राप्रपा नेपालकी सभासद कुन्ति शाहीले महिलाको सामाजिक न्यायको लागि लडन आब्हन गर्दै अब संविधान निर्माणपछि समानतासहितको ७२ सालको तिज मनाउनु पर्ने बताइन् ।


  •  
  •  
  •