२ वर्षभित्र लोडसेडिङ अन्त्य हुन्छ : उर्जामन्त्री

321
  •  
  •  
  •  

रुपन्देही, पुस ७ (ओएनएस) : उर्जामन्त्री राधा ज्ञवालीले मुलुकलाई २ वर्षभित्र र औद्योगिक क्षेत्रलाई ५ वर्षभित्र लोडसेडिङमुक्त गर्ने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको  बताइएकी छिन् ।

सोमबारदेखि बुटवलमा तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सवमा मन्त्री ज्ञवालीले सरकार विद्युत उत्पादन बढाउदा विद्युत आयोजनाहरुमा अवरोध गर्नेहरुलाई शक्ति प्रयोग गरेर भएपनि आयोजना सुचारु गर्ने बताइन ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले उद्योगमैत्री नीति बन्ने हो भने निजी क्षेत्रले औद्योगिक विकासमा फड्को मार्ने बताए । उनले औद्योगिक विकासका लागिमुलुकमा उर्जा क्षेत्रको तीव्र विकास हुनुपर्ने भन्दै त्यसमा लागि परेको बताइन ।

प्रदर्शनीको उद्घाटन गर्दै ज्ञवालीले औद्योगिक विकासका लागि राजनीतिक स्थीरता जरुरी रहेकोमा जोड दिइन । बुटवलमा सञ्चालन हुने प्रर्दशनी तथा मेलाको राष्ट्रिय महत्व रहेको उल्लेख गर्दै उर्जामन्त्री ज्ञवालीले प्रर्दशनी स्थलमा स्थायी संरचना बनाउन सरकारी स्तरबाट काम हुने आश्वसन समेत दिइन । उर्जामन्त्री ज्ञवालीले उर्जा संकट समाधानकै लागि सरकारले भारतसंग विद्युत ब्यापार सम्झौता र सार्कस्तरीय विद्युत प्रशारण लाइन सम्झौता गरेको दावी पनि गरिन ।

रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पियाले लोडसेडिङ, औद्योगिक क्षेत्र विस्तार हुन नसक्नु, औद्योगिक नीति बनेपनि ऐन आउन नसक्नु, जस्ता समस्याले उद्योगी–व्यवसायी मारमा परेको गुनासो गरे ।

आगामी २१ गतेसम्म चल्ने सो औद्योगिक प्रदर्शनीमा उत्पादनमुलक, प्रबिधिमुलक र सेवामुलक गरि ५ सय भन्दा बढि स्वदेशी औद्योगिक प्रतिष्ठानका स्टलहरु रहेका छन । सो अवधीमा प्रदर्शनी स्थलमा १५ करोडको कारोबार हुने र ५ लाख बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको प्रदर्शनी मुल आयोजक समितिका संयोजक बोनिन कुमार पियाले वताए ।


  •  
  •  
  •