इन्सेफलाइटिसविरुद्ध अभियान आजदेखि

388
  •  
  •  
  •  

Denguकाठमाडौं २६ बैशाख (ओएनएस) : खासगरी तराईमा मात्र देखापर्ने र तराईमा मात्र लगाइने गरेको जापनिज इन्सेफलाइटिस रोगविरुद्धको खोप पहाडी तथा हिमाली जिल्लामा पनि लगाइदैछ । इन्सेफलाइटिस रोगविरुद्धको खोप आजदेखि   लगाइदै छ ।

लामखुट्टेले टोकेपछि लाग्ने यो रोग बिस्तारै पहाडी तथा हिमाली जिल्लामा पनि देखापर्न थालेपछि देशभरका ४७ जिल्लामा जापनिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्दराज गौतमले जानकारी दिए ।

१ देखि १५ वर्ष उमेरभित्रका सबै बालबालिकालाई लगाइने खोप अभियान एक महिनासम्म सञ्चालन गरिनेछ । उनले खोप अभियान सफल बनाउन सबै अभिभावकलाई खोप केन्द्रसम्म आफ्ना बालबालिका लिएर आउन अनुरोधसमेत गरे ।

सबै बालबालिकाको घरमा जानुअघि नै स्वयंसेवकमार्फत घरघरमा खोप लिन खोप केन्द्रमा आउनका लागि निमन्त्रणा पठाइसकिएको छ । अभियान सञ्चालन हुने नयाँ जिल्लाअन्र्तगत पूर्वाञ्चल क्षेत्रका १३ जिल्ला भोजपुर, धनकुटा, इलाम, झापा, खोटाङ, मोरङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, सुनसरी र तेह्रथुम जिल्ला रहेका छन् । यीमध्ये झापा, मोरङ र सुनसरीमा दोहो¥याएर खोप दिन लागिएको हो ।

मध्यमाञ्चल क्षेत्रका पाँच जिल्ला दोलखा, नुवाकोट, रामेछाप, रसुवा र सिन्धुपाल्चोक छन् । पश्चिमाञ्चल क्षेत्रका ११ जिल्ला अर्घाखाँची, बागलुङ, गोरखा, गुल्मी, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहँु छन् ।

मध्यपश्चिमाञ्चलबाट ११ जिल्ला दैलेख, डोल्पा, हुम्ला, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, प्यूठान, रुकुम र सल्यानमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

त्यस्तै, सुदूरपश्चिमाञ्चलका सात जिल्ला अछाम, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुला र डोटीमा पनि खोप कार्यक्रम सुरु हुनेछ ।

सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत जापनिज इन्सेफलाइटिस रोगलाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ । यसै क्रममा बढी प्रभावित ३१ जिल्लामा खोप अभियान सञ्चालन भई नियमित खोप सेवामार्फत खोप प्रदान गरि“दै आएको छ ।

बालस्वास्थ्य महाशाखाका अनुसार यो रोग अन्य पहाडी तथा हिमाली जिल्लामा पनि देखापर्दै गएकाले आर्थिक वर्ष २०७३÷०७४ देखि बाँकी ४४ जिल्लामा अभियानपछि नियमित खोप सेवाअन्तर्गत नै खोप दिइनेछ ।

सोहीअनुरूप नियमित खोपमा जानुअघि अभियानमा जान लागिएको प्रमुख गौतमले बताए । यस रोगबाट बढी प्रभावित भएका ३१ जिल्लामध्ये झापा, मोरङ र सुनसरी जिल्लामा विगतका वर्षमा बिरामी बढेकाले यस आवमा भइरहेको अभियानमा समावेश गर्न लागिएको हो ।

यो रोगका बिरामीमध्ये ७२ प्रतिशत तराईमा र बाँकी २८ प्रतिशत बिरामी पहाडी र हिमाली जिल्लामा देखिएकाले देशभरि नै यो रोगको फैलिँदै गएको महाशाखाको भनाइ छ । यो रोग मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकार रोग हो ।

सबै उमेर समूहका मानिसलाई लाग्ने भए पनि सरदर ८५ प्रतिशत रोगका बिरामी १५ वर्षमुनिका बालबालिकामा देखिएको तथ्यांक छ । क्युलेक्स नामक लामखुट्टेको टोकाइबाट सर्ने भएकाले योविरुद्धको खोप नै रोकथामको भरपर्दो र प्रभावकारी उपाय हो ।

घरवरिपरि सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने, रोग फैलाउने सुँगुर, बंगुरजस्ता जनावर र जलचरलाई घरदेखि टाढा राख्नाले पनि यो रोगबाट बच्न सकिन्छ ।


  •  
  •  
  •