संसदमा जरुरी सार्बजानिक महत्वको प्रस्तावमा छलफल

273
  •  
  •  
  •  

काठमाडौं, ८ साउन (ओएनएस) : रोजगारीका शिलशिलामा बिदेशमा गएका कामदारको सुरक्षा र समस्याका बिषयमा व्यबस्थापिका संसदमा बिहीबार छलफल भएको छ । नेकपा एमालेका सभासद् भरतमोहन अधिकारीले प्रस्तुत गरेको प्रस्तावमाथि संसदको बैठकमा छलफल भएको हो ।

वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षा, बिदेश जाने कामदारलाई स्वदेशमा सीपमुलक तालिम दिने व्यबस्था गर्नेवारे सरकारको ध्यानाकर्षण गराउन संसदमा जरुरी सार्बजानिक महत्वको प्रस्ताव दर्ता गराएको अधिकारीले बताए । सदनमा जरुरी सार्बजानिक महत्वको प्रस्ताव पेशगर्दै सभासद अधिकारीले रोजगारीको शिलशिलामा ३५ लाख नेपाली कामदार विदेशमा रहेकोमा सरकारले पर्याप्त ध्यान नदिएको बताए ।

‘कृषि क्षेत्रपछि रेमिट्यान्स कुल ग्राहस्थ उत्पादमा मुख्य हिस्सा राख्ने क्षेत्र हो, उनले भने, सरकारले पर्याप्त ध्यान दिएमा रेमिट्यान्सलाई सदुपयोग गर्न सकिन्छ ।’ विदेशबाट बार्षिक पाँच खर्बको रेमिट्यान्स आएकोमा बैदेशिक रोजगारीमा जाने कामदारलाई सीप दिएमा पाँच खर्बको ठाउमा ७ खर्ब आउने अधिकारीले बताए । प्रस्तावको समर्थनगर्दै एमालेका केशव बडालले रोजगारीमा दक्ष जनशक्ति पठाउन सकेमा नेपालमा थप रेमिट्यान्स आउने बताए ।

थरुहट तराई पार्टीका सभासद गोपाल दहितले योग्य र सक्षम युवालाई विदेश पलायन हुनबाट रोक्नु पर्ने बताए । उनले विदेश जाने युवालाई सीप सिकाएर पठाउनुपर्नेमा उनले जोड दिएका छन् ।
नेपाली कांग्रेसका गगन थापा, एमालेका चुडामणि जंगली, नेमकिपाकी अनुराधा थापा लगायत सभासद्हरुले रेमिट्यान्सलाइ उत्पादनशील क्षेत्रमा लगाउनु पर्ने बताएका थिए ।


  •  
  •  
  •