इमेजकर्मीलाई हटाइएको भन्दै इमेज कार्यलयमा धर्ना

106
  •  
  •  
  •  

काठमाडौं, २७ साउन (ओएनएस) : इमेज न्यूज एफएममा कार्यरत पत्रकार सन्दीप योगीलाई हटाइएपछि उनको सम्मानजनक पुर्नवहालीसहितका श्रम अधिकार सम्बन्धित ११ बुँदे माग पूरा गराउन दबाब दिने उदेश्यले बुधबार इमेजकर्मीहरुले इमेज च्यानलको कार्यालयमा धर्ना दिएका छन ।

शान्तिपूर्ण धर्नामा इमेजकर्मीहरुको बाक्लो सहभागिता थियो । संचारमाध्यममा श्रमजीवीको माग पूरा गराउने भन्दै धर्ना दिनेलगायतका गतिविधि गर्दै आएको नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टलगायतको पदाधिकारी धर्नामा उपस्थित भएनन ।

विष्ट इमेज एफएमका संचालक÷व्यवस्थापक भएकैले इमेज च्यानलका श्रमजीवीको आन्दोलनमा उनी र विष्टको निर्देशनमा शाखाका कोही पनि उपस्थित नभएको इमेजकर्मी अधिकार संरक्षण संघर्ष समितिले जनाएको छ ।धर्ना भोलि र पर्सी अपरान्ह १ बजेदेखि आधा–आधा घण्टा हुने संघर्ष समितिले जनाएको छ  ।

भेलामा आन्दोलनकारीको माग बमोजिम योगीलाई हटाउने भूमिका खेलेको आरोप लागेकी नेपाल प्रेस युनियन इमेज शाखाका अध्यक्ष अनुपा श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । समितिले इमेज व्यवस्थापनलाई तत्काल वार्ताबाट समस्याको समाधान गर्न बारम्बार आग्रह गर्दै आएको छ । अन्यथा कडा आन्दोलन गर्न समिति बाध्य हुने बताइएको छ ।


  •  
  •  
  •