सवारी साधनको ‘इम्बोस्ड’ प्लेट जडान प्रक्रिया सुरु

292
  •  
  •  
  •  

digital plate
काठमाडौं, ९ भदौ (ओएनएस) : सरकारले ल्याएको नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले आजदेखि सवारी साधनको उच्च सुरक्षा प्रविधियुक्त (इम्बोस्ड) जडान प्रक्रिया सुरु गरेको छ ।

विभागले सुरुमा बाग्मती अञ्चलका सवारीमा इम्बोस्डको प्लेट जडान प्रक्रिया सुरु गरेको छ । यो नम्बर प्लेट जडानका लागि आवेदन खुला गरिएको छ । त्यसका लागि अनलाइन आवेदन र इन्रोल्मेन्ट सुरू भएको हो।

सरकारले मंगलबारबाट इम्बोस्ड प्लेट कार्यान्वयनमा आएको घोषणा गरेपनि यसका लागि आवेदन भने खुलाइसकेको थिएन । सबैभन्दा पहिलो सरकारी गाडीमा यो नम्बर प्लेट जडान गरिँदैछ ।

आफ्नो सवारीमा इम्बोस्ड जोड्न चाहानेले विभागको वेबसाइटमा उपलब्ध अनलाइन सिस्टममा आफ्नो सवारी नम्बर रजिष्ट्रेशन गराउन सकिनेछ ।

जोडिने इम्बोस्ड नम्बरको आयु १० वर्षको हुनेछ । इम्बोस्ड प्रविधिमा ५ प्रकारका मात्र नम्बर प्लेट मात्रै कार्यान्वयनमा आउनेछन् ।


  •  
  •  
  •