भारतीय सेनाध्यक्षको नेपाल भ्रमणले दुई देशका सेनाबीचको मित्रता गाढा: भारतीय दूतावास

65
  •  
  •  
  •  

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणले दुई देशका सेनाबीच परम्परागत मित्रता गाढा हुने दावी गरेको छ।

दूतावासका प्रवक्ता नवीन कुमारले भारतका सेनाध्यक्ष नरवाणेको भ्रमणबारे मिडियामा धेरै प्रश्न उब्जेको भन्दै भ्रमणले दुई सेनाबीच लामो समयदेखि रहेको परम्परागत मित्रतालाई गाढा पार्ने जनाएका हुन्। नरवाणे बुधबार नेपाल आउँदैछन्।

भारतीय दूतावासले ट्वीटरमा भनेका छन्, ‘नरवाणेको भ्रमणले दुबै पक्षलाई द्विपक्षीय रक्षा साझेदारीमा छलफल गर्ने र आपसी फाइदाका लागि यसलाई अझ मजबुत बनाउनका लागि अवसरहरू खोजी गर्ने अवसर प्रदान गर्नेछ ।’


  •  
  •  
  •