सलमानको पछि लाग्ने यी विदेशी युवती को हुन् ?

75
  •  
  •  
  •  

salman-eli-avramकाठमाडौ/ पुस : बलिउडका स्टार सलमान खानसँग काम गर्ने इच्छा प्राय सबै नायीकाको इच्छा हुन्छ । यस्तै इच्छा तथा जिद्धीमा लागेकी छिन् एक विदेशी सुन्दरी । ती सुन्दरी हुन् एली अवराम । उनले नयाँ वर्षमा सलमानसँग अनस्क्रिन रोमान्स गर्ने जिद्धी गरिरहेकी छिन् ।

यसबीच उनी निर्देशक अब्बास-मुस्तनको एक चलचित्रमा सानो भूमिका पाएकी छिन्, तर बिग बोसबाट मानिसहरूबीच चर्चित भएकी विदेशी सुन्दरी एली अवरामले नयाँ वर्ष सलमानकी नायीका बन्ने जिद्धी गरिरहेकी छिन् ।

उनी भन्छिन्, ‘म आशा गरिरहेको छु की चाँडै नै मेरो सपना पुरा हुँदैछ । किनकी सलमान खानले उनी मेरो साथमा चलचित्र गर्न चाहेको कुरा मलाई भनिसकेका छन् । सलमान यस विषयमा कोशिस पनि गरिरहेका छन् र यस्तो कथा खोजिरहेका छन् जसमा उनको साथमा रहन सकुँ ।’

एली अवरामका अनुसार यदी सलमान खानको साथमा कुनै चलचित्रमा खेले उनी सलमानकी नायीका बन्ने छिन् । सलमान खानको चलचित्रमा अन्य भूमिका उनले नगर्ने बताएकी छिन् ।

बिग बोस ७ मा सलमान खान धेरै पटक एलीसँग नजिकिएका थिए । एली बिग बोस सकिएपछि सलमान खान लगातार सम्पर्कमा रहेका छन् । उनी सलमानको बीइंग ह्युमनको छवीसँग प्रभावित भएकी छिन् र गत क्रिसमसमा उनले आफ्नो हिरोसँग प्रेरणा लिएर कयौ मानिसलाई मद्धत पनि गरेकी छिन् । एलीका अनुसार उनी सलमानसँग यति इम्प्रेस भएकी छु की उनको बाटोमा हिड्न चाहन्छिन् ।


  •  
  •  
  •