छोरालाई लाग्यो दुनियाकै दुलर्भ रोग तर बाउको मन पग्लिएन

557
  •  
  •  
  •  

काठमाडौं २० असार (ओएनएस) : बलिउड फिल्म ‘पा’ मा अमिताभ बच्चन प्रोजेरिया रोगबाट ग्रसित भएको देखाइयो । उनका बाबु बनेका अभिषेक वच्चनले छोराको इच्छा पुरा गर्न कुनै कसर बाकी छोडेनन् ।

‘पा’ मार्फत प्रोजेरिया रोग लागेका बालकको अवस्था सार्वजनिक गर्दै केही उपयुक्त सन्देश दिन खोजिएको थियो । हालै लंदनमा एक बालक उक्त रोगको शिकार बनेको खवर सार्वजनीक भएको छ । ११ बर्षिय अशांति इलियट स्मिथलाई देख्दा लाग्छ उनी ८० बर्षका भएका छन् । उनलाई अरु वच्चा जस्तै संसार घुम्ने इच्छा छ ।

तर उनका पिताले उनलाई संसार देखाउन नचाहेको खबर भारतिय संचारमाध्यम मार्फत सार्वजनिक भएको छ । छोराको रोगको उपचारका लागि पिता एल्बीले च्यारिटी मार्फत प्रसस्त पैसा बटुलेका छन् । तर यि कलियूगका पिताले छोराको उपचार भने गरेनन् ।

बेलायतको वेस्ट ससेक्समा बस्ने यी बालकलाई अंमेरिका जाने इच्छा छ । डल्फिनसँग खेल्ने चाहना छ, तर पुरा हुन सकेन । डाक्टरका अनुसार उनी अब केबल चार बर्ष मात्र बाच्नेछन् ।


  •  
  •  
  •