पर्साको ठोरीमा रातभर हात्तीको उपद्रो

165
  •  
  •  
  •  

वीरगन्ज, १९ पुस(ओएनएस) : पर्साको ठोरी गाविसमा जङ्गली हात्तीले उपद्रो मच्चाएको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलबाट गयराती साढे ६ बजेतिर छिरेको जङ्गली हात्तीले ठोरी गाविस-३ सरस्वतीनगरका जीतबहादुर विकको घर र भान्साघर भत्काइदिएको छ ।

जङ्गली हात्तीले सरस्वतीनगरकै मोहन तामाङको घरमा पनि क्षति पुर्याउनुको साथै हात्तीले घरमा भण्डारण गरी राखेको करिब एक मुरी मकै पनि खाइदिएको स्थानीयबासीले जनाएको छ । साँझ गाउँमा पसेको हात्तीले घर भत्काउन थालेपछि तामाङ र विकको परिवारले बारको चेपमा लुकेर ज्यान जोगाएका थिए ।


  •  
  •  
  •