चराको अण्डाको मूल्य ८१ लाख रुपैया !

142
  •  
  •  
  •  

एउटा चराको अण्डालाई कति पर्ला ? हाम्रो अनुमान हुन सक्छ केही रुपैयाँ वा कुनै बहुमुल्य प्रकारकै भएपनि केही सय रुपैया पर्न सक्छ ।

तर एउटा यस्तो एउटा अण्डा, जसको मुल्य हाम्रो अनुमानभन्दा बाहिर छ । जसको मुल्य ५० हजार पाउण्ड अर्थात झण्डै ८१ लाख ५० हजार रुपैयामा बिक्दैछ । पृथ्वीबाटै लोप हुन भइसकेको हात्ती चराको यो ऐतिहासिक अण्डा निकै भिमकाय छ । यसको आकार सात वटा अस्ट्रिजको अण्डा बराबर छ । यसको लम्बाई एक फुट रहेको छ ।

यो सयवटा कुखुराको अण्डा र संसारकै सबैभन्दा सानो ह्युमिङ बर्डको १२ हजारवटा अण्डाको बराबर छ । जसलाई अहिलेसम्म पाइएको डाइनोसरको अण्डाभन्दा पनि ठूलो भएको दाबी गरिएको छ ।

एजेन्सीको सहयोगमा 


  •  
  •  
  •