चितवनमा हात्ती महोत्सव सुरु

442
  •  
  •  
  •  

चितवन,११ पुस (ओएनएस): चितवनको सौराहामा हात्ती महोत्सव सुरु भएको छ । सौराहामा हात्ती महोत्सव हरेक वर्ष हुने गरेको छ । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने मूल नाराका साथ प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । १४ औं संस्करणको हात्ती महोत्सवको मूल उद्देश्य सौराहाको आन्तरिक तथा बाहृय पर्यटकलाई आर्कषित र वृद्धि गर्ने गर्ने रहेको आयोजकले बताएको छ ।

हात्ती महोत्सवमा हात्ती सफारी र हात्तीका गतिविधि हेर्न मानिसहरु पर्यटकीय नगरी सौराहामा आउने गर्दछन् । यस बर्ष महोत्सवमा हात्तीको वनभोज, फाष्टवाक, हात्तीका छावाहरूको फुटबल प्रतियोगिता महोत्सवको आर्कषण हुन् । त्यसैगरी हात्तीपोलो, हात्ती पेन्टिङ, वार्थिङ कार्यक्रमका साथै गाडा र टाँगा दौड प्रतियोगितालाई पनि समावेश गराएको छ ।

हात्ती वनभोजमा १ सय हात्ती सहभागी गराइने महोत्सव आयोजकले जनाएका छन् । सौराहामा ५७ वटा निजी हात्ती छन्, जसमध्ये ७० प्रतिशत महोत्सवमा सहभागी हुनेछन् । साथै अन्य निकुञ्जका हात्तीहरु पनि सहभागी हुने छन् । हात्ती महोत्सव १५ गते सम्म चल्ने आयोजकल जनाएको छ ।


  •  
  •  
  •