बाजुरामा विद्युत आपूर्ति बन्द

60
  •  
  •  
  •  

बाजुरा, ७ भदौ : बाजुराको सदरमुकाम मार्तडीमा १० दिनदेखि विद्युत् नहुँदा सदरमुकाम अन्धकार बनेको छ । मार्तडीमा रहेको २५० किलोवाटको त्रिवेणी साना जलविद्युत् केन्द्रको मुहान र पावरहाउसमा साउन २८ गते परेको वर्षाका कारण आएको बाढीले बगाउँदा यो समस्या आएको हो ।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको साझा प्रयासपछि पावरहाउस बग्नबाट बचाइएको केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए । सदरमुकाममा विद्युत् नभएका कारण नागरिकता र राहदानी बनाउन गाउँबाट आएकालाई सबैभन्दा ठूलो समस्या भएको छ । गाउँबाट केही दिनका लागि मात्र आएका अब यही थुनिएका छन् । खर्च मात्र बढेको छ । विद्युत् कहिले आउने हो भन्ने पत्तो छैन–जुकोट गाविसका सचिव सचिव बेलजङ्ग शाहीले बताए । भौगोलिकरुपमा बाजुरा जिल्लामा कठिनाइ छ । गाउँबाट स्थानीयवासी सदरमुकाम आउन हप्तौ लाग्छ, यहाँ यातायातका साधन छैन पैदल हिड्नुको अर्को विकल्प छैन ।

‘विद्युत् नभएकाले नेपाल टेलिकम र एनसेल नेटवर्कका कम्पनीले जेनेरेटर सञ्चालन गरेर सञ्चार सेवा दिने गरेका छन् । तर जिल्लामा यातायात नपुग्ने भएका कारण डिजेल, पेट्रोल र मट्टितेलको समस्या छ ।

 


  •  
  •  
  •