घर घरको छतमै विजुली

76
  •  
  •  
  •  

काठमाडौं ,२९ असार (ओएनएस) । सरकारले आगामी ३ बर्षमा बिद्युत आपूर्ति कटौती (लोडसेडिङ) अन्त्य गर्ने महत्वाकाक्षी लक्ष्य सार्बजानिक गरेको छ ।

सरकारले संसदमा पेश गरेको नयाँ बजेटमा तिन बर्षमा लोडसेडिङ अन्त्य गर्ने कार्यक्रम सार्वजानिक गरेको हो ।

बजेट भाषण गर्दै अर्थमन्त्री डा. रामशरण महतले माथिल्लो तामाकोशी लगायत सरकारी तवरवाट ५ सय ६० र निजी क्षेत्रवाट ६ सय ६८ बिद्युत उत्पादन भई लोडसेडिङ अन्त्य हुने बताए ।

सरकारले आगामी बर्षमै काठमाडौ उपत्यकामा लोडसेडिङ अन्त्य गर्न २५ मेगावाटको सोलार जडान गर्ने बताएको छ ।

यसैगरी उपत्यकामा घरको छतमा सोलार राखी विद्युत उत्पादन गरेमा नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद गर्ने बजेटमा उल्लेख छ ।


  •  
  •  
  •