इलेक्ट्रोनिक्स सामग्रीको व्यवसाय ७५ प्रतिशतले बढ्यो

94
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस) ः तुलनात्मक रुपमा चाडपर्वमा विभिन्न्न सामग्रीको विक्री बढी हुन्छ । त्यसमा पनि चाडपर्वकै अवसर पारेर विभिन्न कम्पनीले सार्वजनिक गर्ने छुट तथा सुविधाले सामग्रीको व्यवसाय दोव्वर भन्दा बढीले बढ्ने गरेको छ ।

व्यापारीहरुले आफ्नो व्यवसाय बढाउन यस्तो समय पारेर छुट योजना सार्वजनिक गर्दै आएका छन् ।

यसबर्ष पनि विभिन्न इलेक्ट्रोनिक्स सामग्रीमा सार्वजनिक गरिएको छुटले व्यवसाय बढाएको छ । दशै,तिहार तथा छठलाई लक्षित गर्दै सार्वजनिक गरेको छुट योजनाले इलेक्ट्रोनिक्स सामग्रीको व्यवसाय करिव ७५ प्रतिशतले बढेको व्यवसायीहरु बताउँछन् ।

edhhd-banner

विशेषगरी दशैमा कर्मचारीको बोनस आउने हुँदा पनि पनि यो समयमा व्यवसाय बढ्ने उनीहरुको भनाइ छ । चाडपर्वमा ग्राहकहरु बढी सामग्री विक्री हुने सोनीको नेपालका लागि आधिकारीक विक्रेता नेपा हिमा ट्रेड लिंकका शोरुम म्यानेजर रोमन अवाले बताउछन् । ‘त्यसमा पनि विभिन्न छुट तथा उपहार योजना राखेपछी त व्यवसाय बढ्ने नै भयो नी ’ उनले भने ।

त्यस्तै कतिपय ग्राहकहरु छुट योजना कुरेर बस्ने उनको अनुभव छ । अन्य समयमा दैनिक ३ लाखसम्म विक्री हुनेमा चाडपर्वको बेलामा १२ लाख सम्मको व्यापार हुने उनी बताउँछन् । यता दरवारमार्गस्थित सामसुङ प्लाजाकी सोनी श्रेष्ठको धारणा पनि उस्तै छ । ‘उपभोक्ताहरु अफर कुरेर सामान खरिद गर्ने हुनाले हामीले पनि बढी व्यापार हुने समयमा यस्तो योजना सार्वजनिक गछौ’ उनी भन्छिन् । अन्य समयमा दैनिक १० लाख रुपैयाँ बराबरको कारोवार हुनेमा छुट दिँदा २० लाखसम्म विक्री हुने उनले जानकारी दिइन् ।

यस्ता छन् दशैको अवसरमा इलेक्ट्रोनिक्स सामग्रीमा सञ्चालन गरिएको उपहार योजना

सोनी

नेपा हिमा ट्रेड लिंकले सोनी व्राण्डको उत्पादनमा विभिन्न छुुट राखेको छ । जसअन्तर्गत २४ देखि ४८ इन्चसम्मको टेलिभिजनमा १४ देखि १५ प्रतिशतसम्मको क्यास डिस्काउन्ट दिइने बताइएको छ । त्यस्तै ४८ देखि ५० इन्चसम्मको टेलिभजिनको खरिदमा १५ प्रतिशत छुटका साथै थ्रीडी प्लेयर,डीभीडी प्लेयरलगायत उपहार प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

सामसुङ

Samsung_BIG-deal_Mnemonicसामसुङले चाडपर्वको अवसरमा ‘द विग डिल,’ ३ लाख भन्दा बढी क्यासव्याक योजना सञ्चालन गरेको छ । जसअन्तर्गत ग्राहकहरुले हरेक एलइडी टिभी,रेफ्रिजेरेटर,वासिङ मेसिन,भ्याकुम क्लिनर र माइक्रोवेभ ओभनको खरिदमा यस्तो सुविधा उपलब्ध गराइने बताएको छ ।

सामसुङ एलइडी टीभीमा ७ हजार देखि ३ लाख १४ हजार,रेफ्रिजेरेटरमा दुई हजार ७ सय देखि ३१ हजार र वासिङ मेसिनमा ३ हजार ६ सय देखि ७ हजारसम्म क्यास ब्याक पाउनेछन् ।

त्यसैगरी माइक्रोवेभ ओभन,भ्याकुमक्लिनरलगायतमा पनि यस्तो सुविधा रहेको हिम इलेक्ट्रिानिक्सले जानकारी दिएको छ ।
     फिलिप्स

philipsफिलिप्सका टिभी हेडफोन तथा किचनका सामग्रीमा २० देखि २५ प्रतिशतसम्मको छुट दिएको छ । फिलिप्सले इन्डियन व्लेन्डरमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराएको छ ।


  •  
  •  
  •