दसैको मुखमा विद्युत अवरुद्ध, सदरमुकामवासी अन्धकारमा

76
  •  
  •  
  •  

ताप्लेजुङ, १४ असोज (ओएनएस) दसैको मुखैमा ताप्लेजुङ सदरमुकाम आउने २ विद्युत प्रशारण लाईन अवरुद्ध भएपछि स्थानियबासी अन्धकारमा बस्न बाध्य भएका छन् । हाङपाङस्थित चिमाल विद्युत आयोजना र सोभुवाखोला विद्युत् आयोजनामा मजदुरले अवरोध गरेपछी अन्धकार छाएको हो ।

चिमाल विद्युत आयोजना निर्माण गर्दाको पारिश्रमिक नदिएको भन्दै मजदुरहरुले विद्युत गृहमा ताला लगाएका हुन् । मजदुरहरुले चिमालसँगै सोभुवाखोला विद्युत गृहमा पनि तालाबन्दी गरेका छन् । तर सोभुवाखोला विद्युतगृहमा तालाबन्दि गर्नुपर्ने कुनै कारण नभएको विद्युत उपभोक्ता समितिका अध्यक्ष रणबहादुर कार्की बताउछन् ।

चिमाल जल विद्युत उपभोक्ता समितिका पूर्व अध्यक्ष खड्कविक्रम सुवेदीले भने मजदुरलाई ११ लाख दिन बाँकी रहेको बताउनुभयो । ऋण गरेर भए पनि मजदुरलाई रकम उपलब्ध गराउने र चाँडै विद्युत प्रशारण सुचारु गर्ने तयारी रहेको सुवेदीले जानकारी दिए । यस अघि गरिबी निवारण कार्यक्रमले १५ लाख रुपैयाँ दिने सहमती भइसके पनि असार महिना यता आश्वासन मात्र दिएर रकम उपलब्ध नगराएकाले यस्तो समस्या आएको उनले बताए ।


  •  
  •  
  •