विद्युत महसुल १३.७ प्रतिशत बढ्ने

93
  •  
  •  
  •  

काठमाडौं, ३० भदौ (ओएनएस) : विद्युतको महसुल १३ प्रतिशतले बढ्ने भएको छ । आइतवार बसेको विद्युत महसुल निर्धारण आयोगको बैठकमा १३ दशमलव ७ ले बढाउने सहमति भएको छ । सहमति भए पनि हस्ताक्षर भने भइनसकेको उर्जा मन्त्रालयले जानकारी दिएको छ । आयोगले नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेभन्दा झन्डै आधामात्र महसुल वृद्वि गर्नेै तयारी गरेको हो । प्राधिकरणले अघिल्लो बर्ष विजुली महसुल २५ प्रतिशत बृद्वि गर्ने प्रस्ताव गरेको थियो ।
उपभोक्ता अधिकारकर्मीको चर्को आलोचनापछि १३ प्रतिशतमात्र बढाउने तयारी गरिएको थियो । आयोगले यसअघि २०६९ मा विद्युत महसुल २० प्रतिशतले बृद्वि गरेको थियो । महसुल बृद्वि पश्चात महिनाको २० युनिट विद्युत खपत गर्ने उपभोक्ताले १ सय रुपैयाँ तिर्नुपर्ने छ । हालसम्म महिनामा २० युनिट विद्युत खपत गर्ने उपभोक्ताले मासिक ८० रुपैयाँ तिर्दै आएका छन् ।


  •  
  •  
  •