पान पसलको बिजुलीको बिल २ अर्ब ११ करोड

236
  •  
  •  
  •  

काठमाडौ, ८ कात्तिक(एजेन्सी) : एउटा सानो पान पसलमा बत्तिको बिल २ अर्ब ११ करोड भन्दा सबैलाई आश्चर्य लाग्छ । तर यो यदी साँचो नै हो, हरियाणाको गोहानामा रहेको एक पान पसलको बत्तिको बिल २ अर्ब ११ करोड, त्यो पनि मात्र ४८ युनिटको ।

राजेश चौटाला नामका पान पसले आफ्नो पसलको बत्तिको बिल यति धेरै आएपछि उनी दंग परेका छन् । उनले मात्र ४८ युनिट बिजुली चलाएको तर बिल भने २ अर्ब ११ करोड आएको बताएको भारतीय सञ्चारमाध्मयहरूले जनाएका छन् । उनका अनुसार उक्त पसल उनले भाँडामा लिएका हुन् । उक्त पसल स्वर्गीय डा. राम स्वरूप गुप्ताको परिवारको हो ।

राजेशलाई उक्त बत्तिको बिलको रकम आगामी अक्टुबर ३१ मा बुझाउनुपर्ने हुन्छ । उनी यति ठुलो रकम कसरी जुटाउने भन्नेमा निकै चिन्तामा परेका छन् । उक्त बिलमा इनर्जी चार्जका रूपमा १ अर्ब ७२ करोड जनाईएको छ । भने अन्य रकम एडजस्मेन्ट चार्जमा जनाइएको छ ।

यता बिजुली निगमका सिईओ बृजेन्द्र मलिकले यो कम्प्युटरमा आएको गडबढिका कारण हुन सक्ने बताउँदै यसको जाँच गरिने बताएका छन् ।electricity-bill


  •  
  •  
  •