१३ अर्ब रुपैयाँ बराबरको बिजुली चुहिएरै सकिन्छ

141
  •  
  •  
  •  

काठमाडौं, १० माघ  : नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट कै कारण बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ । यही कारण सर्वसाधारणसमेत दिनहुँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।

प्राधिकरणका अनुसार हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो एवं प्राविधिक गडबडीले झन्डै २६ प्रतिशत बिजुली चुहिएरै खेर गइरहेको छ।

त्यसमा पनि करिब १२–१५ प्रतिशत प्राविधिक रुपमै चुहावट हुने गरेको छ । विद्युत चुहावटलाई यस वर्ष २० प्रतिशतमा झार्ने लक्ष्य लिएको

प्राधिकरणले त्यो प्रयास सफल हुन सक्नेमा भने आशंका गरिदैंछ।
आजको नागरिक दैनिकबाट


  •  
  •  
  •