काठमाडौंमा अब लोडसेडिङ नहुने निश्चित

148
  •  
  •  
  •  

काठमाडौं, ५ माघ : भारतबाट आयात भइरहेको बिजुली मंगलबार पहिलोपटक काठमाडौं आएको छ ।

खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको निर्माण सकिएपछि भारतबाट आयात भएको करिब २० मेगावाट बिजुली काठमाडौं आएको हो ।

‘प्रसारण लाइन बनेपछि भारतबाट आयातीत बिजुली काठमाडौं उपत्यकामा भित्राउन नयाँ बाटो बन्यो,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, ‘मंगलबार साँझ ६ बजेर दुई मिनेटमा ढल्केबर–खिम्ती–लामोसाँघु प्रसारण लाइन हुँदै भारतबाट आयातीत २० मेगावाट बिजुली काठमाडौं भित्रिएको छ

भारतबाट आयातीत बिजुली ल्याउन सम्भव भएपछि उपत्यकामा अब लोडसेडिङ नहुने पक्का भएको छ । तिहारपछि काठमाडौं उपत्यका लोडसेडिङमुक्त छ । प्राधिकरणका प्रवक्ता अधिकारीले भारतबाट थप बिजुली उपत्यकामा भित्रिएपछि प्रणालीको विश्वसनीयता र स्थिरतामा वृद्धि भएको बताए ।

नयाँ पत्रिकामा खबर छ


  •  
  •  
  •