करेन्ट लागेर १ जनाको मृत्यु ५ घाइते

397
  •  
  •  
  •  

संखुवासभा , १९ वैशाख(ओएनएस) :संखुवासभामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

घरमा जडान भएको विद्युतमार्फत मोबाइल चार्ज गर्ने तथा बल्ब बाल्ने क्रममा करेन्ट लाग्दा संखुवासभाको सभापोखरी गाँउपालिका ६ स्वाचीका २३ वर्षिय भुपाल विकको मृत्यु भएको छ । उनको जिल्ला अस्पताल खाँदबारीमा उपाचारको क्रममा बुधबार राति १० मुत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। अन्य घाइते हुनेमा ३६ वर्षीया तारा विक, १४ वर्षकी मन्जु विक, ६५ बर्षकी भगवती विक, ६० वर्षका कुलबहादुर विक र ५६ वर्षका धनमान बनेम घाइते भएका थिए।

घाइतेहरु मध्ये तारा, मन्जु र भगवतीलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारीमा उपचार भइरहेको छ भने कुलबहादुर विक र धनमान बनेमको बाह्रबिसे मेडिकल हल सभापोखरीमा उपचार भइरहेको छ।


  •  
  •  
  •