भारतबाट आयात हुने विद्युतको नयाँ मूल्य निर्धारण

324
  •  
  •  
  •  

nepal bidut
काठमाडौं, २५ साउन (ओएनएस) : नेपाल विद्युत प्राधिकरणले भारतबाट आयात भइरहेकाे विद्युतको नयाँ मूल्य निर्धारण भएको छ ।

नयाँदिल्लीमा सम्पन्न नेपाल भारत विद्युत आदान प्रदान समितिको बैठकले विद्युत खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार न्यूनतम भारु. ५.५५ र अधिकतम भारु ६.४५ मूल्य निर्धारण भएको छ । त्यसमा विशेष गरी सानो क्षमताको प्रसारण लाइनको हकमा बढी मूल्य तिर्नुपर्ने देखिएको छ ।

५० मेगावाट भन्दा माथि वा १३२ केभी क्षमताको प्रसारण लाइन मार्फत आयात हुने विद्युतको मूल्य नेपालका लागि सस्तो हुने भएको हो । भारतले यसअघि नेपाललाई उपलब्ध गराउँदै आएको विद्युतको मूल्य प्रतिवर्ष ५.५ प्रतिशतको दरले बढाउँदै आएको थियो ।

नयाँ निर्णयअनुसार नेपालले अब कम क्षमता भन्दा पनि बढी क्षमताका प्रसारण लाइन मार्फत बढी विद्युत् आयात गरे मूल्य कम पर्ने देखिएको छ ।

बैठकले तोकेको नयाँ मूल्य सन् २०१८ को मार्चसम्म कायम हुनेछ । आदान प्रदान समितिको निर्णयपछि आगामी हिउँदमा भारतबाट थप ११० मेगावाट विद्युत् आयात हुने भएको छ । हाल भरतबाट ३८० मेगावाट विद्युत् आयात भइरहेको छ ।


  •  
  •  
  •