चार जिल्लामा सार्वजनिक विदा दिन प्रस्ताव

115
  •  
  •  
  •  

 

काठमाडौं, २९ जेठ (ओएनएस)  असार ८ गने हुने संविधानसभा उपनिर्वाचनमा चार जिल्लामा सार्वजनिक विदा दिन निर्वाचन आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ ।

आगामी असार असार ८ मा काठमाडौं चितवन, बर्दिया र कैलाली गरी चारवटा जिल्लामा सार्वजनिक बिदा सरकारसमक्ष प्रस्ताव गरेको आयोगले जनाएको छ ।  काठमाडौं क्षेत्र नं २, चितवन ४, बर्दिया १ र कैलालीं ६ मा  उपनिर्वाचन हुने भएकाले आयोगको ती जिल्लाहरुमा सार्वजिक विदा दिन सरकारसमक्ष आग्रह गरेको हो ।

आयोगको विहीवार बसेको बैठकले सरकारलाई सार्वजनिक विदा दिन आग्रह गर्ने निर्णय गरेको आयोगका प्रवक्ता महेश्वर न्यौपानेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । असार ८ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने गरी आयोगले मतदानको समय तोकेको छ । मतदान गर्नका लागि धेरैजसो सार्वजनिक विद्यालयमा मतदानकेन्द्र रहेकाले मतदान केन्द्र निर्माण गर्न र मतदान कार्य सम्पन्न गर्न असार ६ देखि ८ गतेसम्म ३ दिन उपनिर्वाचन हुने निर्वाचन क्षेत्रका सामुदयिक एवं संस्थागत विद्यालयहरूलाई सार्वजनिक बिदा दिन समेत आयोगले सरकारलाई लेखी पठाएको  प्रवक्ता महेश्वर न्यौपानेले  जानकारी दिएए ।


  •  
  •  
  •