१६५ निर्वाचन क्षेत्र मध्ये १६४ स्थानको अन्तिम मत परिणाम सार्वजनिक, एमाले पहिलो

260
  •  
  •  
  •  

काठमाडौं, २७ मंसिर (ओएनएस) :   प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६४ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हालसम्मको परिणामअनुसार एमालेले प्रतिनिधिसभा तर्फ ८० स्थानमा जित हासिल गरेर पहिलो स्थानमा रहेको छ । माओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेर दोस्रो स्थानमा, नेपाली कांँग्रेसले २२, राष्ट्रिय जनता पार्टी राजपा ले ११ र सङ्घीय समाजवादी फोरम नेपालले १० क्षेत्रमा जित हासिल गरेका छन् ।

त्यस्तै, नयाँ शक्ति पार्टी १, नेपाल मजदुर किसान पार्टी १, राष्ट्रिय जनमोर्चाका १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ तथा स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् ।

सुनसरी ३ (ख) को मत गणना जारी रहेको छ । सुनसरीमा कांग्रेसका उम्मेदवार विजय गच्छदार र बाम गठन्धनकी रेशम चौधरी वीच कडा प्रतिस्पर्धा रहेको छ ।


  •  
  •  
  •