आयोगद्वारा दलहरुलाई चुनाव चिन्ह प्रदान, ९ वटा दललाई संयुक्त चिन्ह (सूचीसहित)

240
  •  
  •  
  •  

nirbachab aayog
काठमाडौं, २३ भदौ (ओएनएस) : निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ९१ दललाई चुनाव चिन्ह प्रदान गरेको छ ।

आयोगले एउटै चिन्हमा चुनाव लड्न चाहने दलहरुलाई संयुक्त चिन्ह पनि प्रदान गरेको छ । आयोगले यसरी विभिन्न ९ वटा दललाई संक्त चिन्ह प्रदान गरेको छ । जस्तै, पशुपति शमशेर राणा नेतृत्वको नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)ले आयतकारभित्रको हलो चिन्ह प्रदान गरिएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडामा प्रेमबहादुर सिंहको समाजवादी जनता दल र लोकमणि ढकाल नेतृत्वको जनजागरण पार्टीले चुनाव लड्ने भएका छन्।

नेकपा मालेको चुनाव चिन्हमा जनसमाजवादी पार्टी पनि संयुक्त रुपमा चुनावमा जाने गरी आयोगले चिन्ह वितरण गरेको छ। यस्तै, यसअघि छाता चुनाव चिन्ह माग्दै आएको राजपा र आँखा चुनाव चिन्ह माग्दै आएको नयाँ शक्ति पार्टी नपालले मागअनुसारको चुनाव चिन्ह पाएका छन् ।

कुन दलले के चुनाव चिन्ह पाए ?


  •  
  •  
  •