राष्ट्रपति पदका लागि मतदान सुरू…(अपडेट)

211
  •  
  •  
  •  

काठमाडौँ, ११ कात्तिक(ओएनएस) : राष्ट्रपतिका लागि अहिले पनि मतदान भइरहेको छ । १२ बजेसम्म ३ सय १२ मत खसेको संसद सचिवालयले जानकारी दिएको छ ।

मतदान दुई बजेसम्म चल्ने संसद सचिवालयले जनाएको छ । व्यवस्थापिका संसदमा कुल ५ सय ९६ सांसद रहेका छन् । संसद सचिवालयले मतदानका लागि ३ वटा बुथ राखिएको छ ।

……………..

नेपालको दोस्रो राष्ट्रपति छनोटका लागि व्यवस्थापिका संसद नयाँ बानेश्वरमा मतदान सुरु भएको छ । राष्ट्रपतिका लागि एमालेकी उपाध्यक्ष विद्या भण्डारी र कांग्रेसका कुलबहादुर गुरूङबीच प्रतिष्पर्धा गरिरहेका छन् । राष्ट्रपतिका लागि गोप्य मतदान भइरहेको छ ।

संसदको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म मतदान हुनेछ । १३ दलको समर्थन रहेको र कांग्रेससँग हिजोसम्म सहमतिका लागि प्रयास गर्दा असफल भएकाले आज अब कुनै सहमति नहुने भएकाले भण्डारीको जित निश्चित भएको बताइन्छ ।

आज मतदान सकिएपछि दिउँसो साढे २ बजेदेखि मतगणना हुनेछ भने पौने ५ बजे मतगणनाको परिणाम सभामुखलाई निर्वाचन समितिले हस्तान्तरण गर्नेछ । त्यसपछि आजै साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ राष्ट्रपतिको मतपरिणाम सार्वजनिक गर्नुहुने कार्यतालिका रहेको सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिएका छन् ।


  •  
  •  
  •