फोरम प्रदेश २ को अध्यक्षमा आर्थिक मामिला तथा योजना मन्त्री यादव निर्वाचित

543
  •  
  •  
  •  

धनुषा –१७ वैशाख (ओएनएस): प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव संघीय समाजवादी फोरम नेपाल प्रदेश २ को अध्यक्षमा निर्वाचित भएका छन् ।

सिरहाको लहानमा सोमबार राति सम्पन्न प्रदेश अधिवेशनबाट मन्त्री यादवले आफ्नो प्रतिस्पर्धी रेणु यादवलाई ३७ मतले पराजित गर्दै विजयी भएका छन् । मन्त्री यादवले १ सय ८४ मत प्राप्त गरे भने भने रेणु यादवले १ सय ४७ मत प्राप्त गरिकि छिन् । चुनावमा ४ सय ५ जना मतदाता रहेका थिए ।

 


  •  
  •  
  •