काठमाडौ, २५ भदौ(ओएनएस) : प्रमुख तीन दलले आइतबारबाट मतदानको प्रक्रियामा गएर संविधान निर्माण प्रक्रियालाई टुङ्ग्याउने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहानदेखि बसेको तीन दलको शीर्ष बैठकले संविधान निर्माण प्रक्रियालार्इ दुर्इ दिन रोकेर आन्दोलनकारीसँग वार्ता गर्ने निर्णय गर्दै आइतबारबाट मतदान प्रकिया नरोक्ने निर्णय गरेका हुन् ।
बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत तीन दलका नेताहरुको उपस्थिति थियो ।
उनीहरूले आन्दोलनकारी दल तथा समूहहरूसँग वार्ताबाट समस्या समाधानको प्रयास जारी रहेकाले दुई दिनसम्म संविधान निर्माण प्रक्रियालाई रोकेर अगाडि बढ्ने निर्णय गरेका हुन् । दुईदिनभित्र वार्ता सफल हुन नसकेपनि संविधान निर्माणको प्रक्रिया अर्थात् मतदान र वार्ता सँगसँगै अगाडि बढ्ने दलहरूले सहमति गरेका छन् ।