उपराष्ट्रपतिका लागि मतदान सुरू

317
  •  
  •  
  •  

amiya kumar yadav nanda kishor punकाठमाडौँ, १४ कात्तिक(ओएनएस) : नेपालको दोस्रो उपराष्ट्रपतिका लागि निर्वाचन सुरू भएको छ । व्यवस्थापिका संसदको बैठकमा आज बिहान ११ बजेपछि मतदान सुरू भएको हो ।

निर्वाचनमा सत्तारुढ र विपक्षी नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ । सत्तारुढ गठबन्धनले एमाओवादी स्थायी समिति सदस्य नन्दबहादुर पुन र विपक्षी कांग्रेसले मधेसका पुराना नेता अमियकुमार यादवलाई अघि सारेको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार पुनको जित लगभग निश्चित देखिएको छ ।

उपराष्ट्रपतिमा निर्वाचित हुन तत्काल कायम रहेका कुल सदस्य संख्या पाँच सय ९७ को बहुमत कम्तीमा दुई सय ९९ मत ल्याउनुपर्नेछ । उपराष्ट्रपति चयनका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्म मतदान हुनेछ ।

त्यसपछि आजै साँझ ५ बजे बस्ने संसद बैठकले मतपरिणाम सार्वजनिक गर्नेछ ।


  •  
  •  
  •