काठमाडौँ, २४ चैत(ओएनएस) : नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ ।
संसदीय दलको नेता चयनका लागि आज बिहान पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा ११ बजेदेखी भएको मतदान सकिएको हो । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।
मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएकाले नतिजा पनि आज अपरान्ह ५ बजेसम्म आउन सक्ने निर्वाचन समितिले जनाएको छ । कांग्रेसका २ सय ७ जना सांसदले संसदीय दलको नेता चयनमा भाग लिने छन् ।
तत्कालीन पार्टी सभापति सुशील कोइरालाको गत माघ २७ गते निधन भएपछि कांग्रेसमा संसदीय दलको नेताको पद रिक्त भएको हो ।