अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान

131
  •  
  •  
  •  

काठमाडौँ, ४ फागुन(ओएनएस) : एमालेको भातृ संगठन अनेरास्ववियुको २२ औँ सम्मेलनमा नयाँ नेतृत्वका लागि आज मतदान हुने भएको छ ।

नयाँ नेतृत्वका लागि आज बिहान ९ बजेबाट मतदान हुने भएको छ । अध्यक्षका लागि निवर्तमान महासचिव नवीना लामा र उपाध्यक्ष दीपक गौतमबीच प्रतिष्पर्धा हुन लागेको हो । लामालाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्ष र गौतमलाई अर्का नेता माधव नेपाल समूहले समर्थन गरेको छ । दुवै पक्षले प्यानलसहित चुनावी अभियान जारी राखेका छन् ।

प्रतिनिधिहरुको विवाद टुङ्गो लागेपछि नयाँ नेतृत्वका लागि चुनाव हुन लागेको हो । विवाद टुङ्गो नलाग्दा अनेरास्ववियुले तय गरेकोभन्दा महाधिवेसन लम्बिएको हो । झन्डै १५ सय प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।


  •  
  •  
  •