प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्पन्न, ६७ प्रतिशत भन्दा बढी मतदान

सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान
15
  •  
  •  
  •  

काठमाडौँ, २१ मंसिर (ओएनएस) : प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको छ । पहिलो चरणको निर्वाचन मंसिर १० गते र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते सम्पन्न भएको हो । दोस्रो चरणमा बिहीबार ४५ जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो ।

दोस्रो चरणको निर्वाचनमा सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्र तोकिएको थियो । यही मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । दोस्रो निर्वाचनमा ७५ प्रतिशत मत खस्ने अनुमान गरिएको थियो । तर ६७ प्रतिशत भन्दा बढी मत खसेको आयोगले जनाएकाे छ र गुल्मीमा  सबैभन्दा ७१ प्रतिशत मतदान भएकाे निर्वाचन अायाेगले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे छ । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि अर्घाखाँचीको नेटा मा.वि. को क र ख केन्द्रमा मतदान स्थगित गरिएकाे छ । मुख्य निर्वाचन अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै राजनीतिक दलका कार्यकर्ताले मतदान स्थल तोडफोड गर्नुका साथै मतपेटिकामा आक्रमण गरेपछि मतदान स्थगित गरिएको निर्वाचन अायाेगले जानकारि दिएकाे छ । साथै केहि दिन भित्रै उक्त ठाँउमा पुनः मतदान गर्ने पनि आयोगले पत्रकार सम्मेनमा जनाएको छ ।  दोस्रो चरणमा प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि लागि दुई हजार ८१९ उम्मेदवार प्रतिस्पर्धामा छन् । समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदका लागि पाँच हजार ८३८ उम्मेदवार छन् ।

दोस्रो चरणमा यी जिल्लामा निर्वाचन
बिहीबार प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा मतदान भएको हो । प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर, प्रदेश नं ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वतमा पनि शान्तिपूर्ण रुपमा मतदान भएको छ प्रदेश नं ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया, प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि शान्तिपूर्ण रुपमा मतदान भएको छ ।


  •  
  •  
  •