तीन प्रस्तावित आयुक्तकाे संसदीय सुनुवाई: माघ २९ भित्र उजुरी आह्वान

218
  •  
  •  
  •  

काठमाडौं, २० माघ (ओएनएस) : संसदीय सुनुवाई विशेष समितिले निर्वाचन आयोगमा प्रस्तावित ३ आयुक्तको सुनुवाई प्रक्रिया थालेको छ ।
समितिले बिहीबार सार्वजनिक सूचना जारी गरी निर्वाचन आयुक्तमा सिफारिस झापाका नरेन्द्र दाहाल, स्याङजाका ईश्वरीप्रस्ताव पौडेल र रुकुमका सुधीरकुमार शाहको बारेमा कुनै गुनासो भए उजुरी गर्न आह्वान गरेको हो ।

तीनै जनाविरुद्ध कुनै उजुरी वा गुनासो भए आगामी माघ २९ गतेभित्र दिन आह्वान गरिएको छ ।

तीन जनालाई यसअघि संवैधानिक परिषदले निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि आयुक्तलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


  •  
  •  
  •