मतदान गर्न परिचयपत्र नचाहिने

260
  •  
  •  
  •  

काठमाडौं ७ असार (ओएनएस्) : भोलि हुने संविधानसभा सदस्य उपनिर्वाचनमा मतदाता परिचयपत्र नलिई उपस्थित हुनेहरुले अन्य परिचय खुल्ने प्रमाणित कागजातको आधारमा पनि मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।आयोगको शुक्रबार बसेको बैठकले फोटोसहितको मतदाता नामावलीमा नाम रहेको तर मतदान गर्न परिचयपत्र नभएको अवस्थामा निजको मतदाता नामावलीमा रहेको नाम र विवरणसँग मेलखाने नेपाली नागरिकताको प्रमाणपत्र वा जग्गाधनी प्रमाणपत्र वा सवारी चालक अनुमतिपत्र वा नेपाल सरकार र सरकारको स्वामित्वमा रहेका संस्थाबाट जारी गरिएका मतदाताको परिचय खुल्ने तस्विरसहितको अन्य कागजातको आधारमा पनि मतदान गर्न दिने व्यवस्था मिलाउने निर्णय गरेको प्रवक्ता महेश्वरी न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूलाई आयोगले सोसम्बन्धी जानकारी गराएको छ । आयोगले काठमाडौं क्षेत्र नं. २, चितवन ४, बर्दिया १ र कैलाली–६ मा हुने उपनिर्वाचनमा विद्युतीय मतदानका लागि आवश्यक पर्ने निर्वाचन सामग्रीसहित आवश्यक जनशक्ति सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको र सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।


  •  
  •  
  •  

Comments are closed.