मौन अवधिमा दलहरुको प्रचार रणनीति फरक

328
  •  
  •  
  •  

काठमाडौं ६ असार (ओएनएस) : संविधानसभाको उपनिर्वाचनको मौन अवधिमा दलहरु गोप्इ निर्वाचनमा जुटेका छन् । सभास सम्मेलन र प्रचार प्रसारमा रोक लगाइएपनि दलहरुले कोठे छलफल र घरदैलोलाई जारी राखेका छन् ।

कानुन अनुसार घरदैलो पनि गर्न पाइन्न । आइतबार ८ गते काठमाडौं २, चितवन ४, बर्दिया १ र कैलालीको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्सी उपनिर्वाचन हुँदैछ । गएराती मौन अवधि शुरु भएपछि ती निर्वाचन क्षेत्रहरुमा राजनीतिक दल तथा उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउँदैनन् । चुनाव प्रचारप्रसार गरेको पाइए कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ ।


  •  
  •  
  •