प्रदेश र संसदको चुनाव मंसिर १० गते गर्ने सरकारको निर्णय 

145
  •  
  •  
  •  

mantriparisad

काठमाडौं, ५ भदौ (ओएनएस) : सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ ।

आजको (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गरेको सरकारका प्रवत्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

उनले दुई चरणमा नभएर एकै चरणमा मंसिर १० गतेको लागि भनेर दुबै तहको चुनावको मिति तोकिएको बताए ।
यसअघि निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने गरी मंसिर ४ र २१ को मिति प्रस्ताव गरेपनि प्रमुख दलहरुले भने एकै चरणमा चुनाव गर्नुपर्ने सुझाव दिएपछि सरकारले सोहीअनुसार मिति तोकेको छ ।


  •  
  •  
  •