असार ८ गते चार जिल्लामा सार्वजनिक विदा

140
  •  
  •  
  •  

काठमाडौं ५ असार (ओएनएस) सरकारले संविधानसभा उपनिर्वाचनका दिन असार ८ गते चार जिल्लामा सार्वजनिक विदा दिएको छ । निर्वाचन हुने जिल्लाका सम्बन्धीत निर्वाचन क्षेत्रभित्र सवारी आवागमनसमेत बन्द गरिएको छ ।

बिहीवार गृहमन्त्रालयले एक विज्ञप्ती जारी असार ८ गते आइतवार काठमाडौं, चितवन, बर्दिया र कैलाली जिल्लाका सरकारी, अर्थसरकारी, र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा दिएको जनाएको छ । मन्त्रालयले काठमाडौं चितवन बर्दिया र कैलाली जिल्लाका उपनिर्वाचन हुने क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु भने असार ६ गतेदेखि नै विदा हुने जनाएको छ ।

उपनिर्वाचन हुने मतदान केन्द्र कायम रहेका गाविस भवन, नगरपालिका, वडा र अन्य सरकारी कार्यलयहरुमापनि शुक्रवारदेखि नै विदा दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार नै सूचना प्रकाशित गरी असार ६, ७ र ८ गते चार असार ८ मा चार जिल्लामा सार्वजनिक विदाकाठमाडौं क्षेत्र नं. २ मा मदिराजन्य वस्तुको उत्पादन, ओसार पसार, बेचविखन र सेवा निषेध गर्ने जनाएको छ ।

बिहीबार रातिदेखि नै सुरु हुने मौन अवधिमा बैधानिक हातहरियार ओसारपसार गर्न पनि रोक लगाइएको छ । निर्वाचनका दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काठमाडौं क्षेत्र नं. २ मा बिना अनुमति सवारी सञ्चालनमा रोक लगाइएको छ । हवाई यात्रुलाई भने टिकट र अनुमतिपत्रका आधारमा छुट दिइएको छ ।


  •  
  •  
  •