१० बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन, भोलि निर्वाचन

83
  •  
  •  
  •  

काठमाडौं, १० (ओएनएस)  : व्यवस्थापिका–संसदअन्तर्गतका विधायन समिति, १० वटा विषयगत समिति र संसदीय सुनुवाइ विशेष समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ ।   भोली बेलुका हुने निर्वाचनका लागि अहिले विहान १० बजेपछि उम्मेदवारी दर्ता गर्न सकिने कार्यक्रम तय गरिएको छ ।
लेखा समिति बाहेकका समितिको सभापतिका लागि समितिको कार्यालयमा भोली बेलुका निर्वाचन हुने भएको छ । लेखा समितिको सभापतिमा एमाओवादीका जनार्दन शर्मा चयन भइसकेका छन् ।
व्यवस्थापिका–संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार निर्वाचन कार्यक्रम अन्तर्गत अहिले बिहान १० बजेदेखि ५ बजेसम्म प्रस्ताव दर्ता गर्ने र आजै साढे पाँचबजे सूची प्रकाशन गर्ने रहेको छ ।
 एकभन्दा बढी समितिमा रहेका प्रधानमन्त्री, मन्त्री र सांसदहरूले आफूले कुन समितिमा मत खसाल्ने हो यसका बारेमा सभामुखसमक्ष आजै दिउसो ३ बजेभित्र जानकारी दिन आग्रह गरिएको छ ।


  •  
  •  
  •